२२ बैशाख, २०८१ शनिबार

08:09:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रविधि प्रयोगमा आक्रामक बन्दै डिस मिडिया, इन्टरनेट प्रयोगकर्ता लाख नाघे

Nepal Business

३० फागुन, २०७८

प्रविधि प्रयोगमा आक्रामक बन्दै डिस मिडिया, इन्टरनेट प्रयोगकर्ता लाख नाघे

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ, 

डिस मिडिया नेटवर्कको फाइबरनेटका ग्राहक संख्या एक लाख नाघेका छन् । 
पछिल्लो समयमा मुलुकभर सेवा दिने लक्ष्यसहित डिस मिडियाले शाखा विस्तार र प्रविधि प्रयोगमा आक्रामक बन्दै अघि बढेको नेटवर्कले जनाइएको छ ।

अहिले संसारमा भएको प्रविधि वाइफाइ सिक्स छ । त्यसलाई नेपालमा ल्याएर प्रयोग गरिएको छ, । अर्को सिमलेस प्रविधिको प्रयोग पनि डिसहोमले गरिरहेको छ । 

डिस मिडिया नेटवर्कका महाप्रबन्धक सुदीप आचार्यले ६०० एमविपिएस सम्मको इन्टरनेट प्याकेजमार्फत सेवा दिँदै आएको बताउनुभयो । उहाँका अनुसार अहिले संसारमा भएको प्रविधि वाइफाइ सिक्स छ । त्यसलाई नेपालमा ल्याएर प्रयोग गरिएको छ, । अर्को सिमलेस प्रविधिको प्रयोग पनि डिसहोमले गरिरहेको छ । 

एउटा इन्टरनेट तल छ, अर्काे माथि छ भने प्रयोगकर्ताको वाईफाइ परिवर्तन भएको थाहा नै हुँदैन । टेक्नोलोजिलाई प्रयोग गरेर अझै के गर्न सक्छौँ, भनेर योजना बनाइरहेको आचार्यले जानकारी दिनुभयो । एक लाख ग्राहक पुगेको उपलक्ष्यमा डिस मिडिया नेटवर्कले केक काटेरै खुसी मनाएको थियो । 

टेलिभिजनको हकमा पुरानो सेवा जारी राख्दै डिसहोमले इन्टरनेट सेवालाई थप परिस्कृति गर्दै लगेको छ । टेलिभिजन र इन्टरनेटको एउटा कम्बाइन्ड सेवा सँगसँगै लगेको नेटवर्कले जनाएको छ ।