७ मंसिर, २०८१ शुक्रबार
02:35:06 AM
३० फागुन, २०७८
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ । यही चैत १ गते (भोलि मंगलबार) देखि लागू हुने गरी बन्द गरिएको हो ।
‘अर्काे सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली चैत १ गतेदेखि बन्द रहने व्यहोरा सम्बिन्धत सबैका लागि जानकारी गराइन्छ’, विभागद्धारा सोमबार जारी सूचनामा भनिएको छ ।
‘अर्काे सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली चैत १ गतेदेखि बन्द रहने व्यहोरा सम्बिन्धत सबैका लागि जानकारी गराइन्छ’, विभागद्धारा सोमबार जारी सूचनामा भनिएको छ ।
विभागले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा पनि मागेको छ । यसअघि प्राप्त भएका आवेदनको हकमा भने यथाशक्य चाँडो टुंग्याउने विभागका प्रवक्ता डा लोकनाथ भूषालले जानकारी दिनुभयो ।
अहिले ३ देखि ४ लाखले आवेदन दिएर लाइसेन्सका लागि पर्खिरहेका छन् ।