४ जेठ, २०८१ शुक्रबार

10:08:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमती प्रदेशको कृषि मन्त्रीमा बसुन्धरा हुमागाईं, राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ नियुक्त

Nepal Business

२८ मंसिर, २०७८

बागमती प्रदेशको कृषि मन्त्रीमा बसुन्धरा हुमागाईं, राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ नियुक्त

काठमाडौँ, २८ मंसिर ।

बसुन्धरा हुमागाईं बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गरेको मन्त्रिपरिषद विस्तारबाट उनी कृषि मन्त्री बनेका हुन् । उनले मंगलबार नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री, रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री, एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री,  बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् ।

त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् । नवनियुक्त मन्त्रीहरुले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिनेछन् । मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् ।