७ मंसिर, २०८१ शुक्रबार

06:39:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भीम रावललाई देउवाको प्रश्नः आफू मन्त्रिपरिषदमा रहँदा किन एमसिसी पास गरेको ?

३० फागुन, २०७८

“आफू पार्टीको नेता र मन्त्री हुँदा आफँले मन्त्रिपरिषद्धारा पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबेला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?”

भीम रावललाई देउवाको प्रश्नः आफू मन्त्रिपरिषदमा रहँदा किन एमसिसी पास गरेको ?

त्रिशूली
प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याउनुभएको छ । देउवाले सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राख्नुभएको हो ।

सो कार्यक्रममा देउवाले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसिसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको बताउनु भएको छ । देउवाले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरे

प्रधानमन्त्री देउवाको प्रश्न थियो, “आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्धारा पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?” देउवाले आक्रोशित हुँदै भन्नुभयो, “आफू पार्टीको नेता र मन्त्री हुँदा आफँले मन्त्रिपरिषद्धारा पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबेला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?”

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गर्नुभयो । प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एसमसिसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाउनुभयो ।

देउवाले सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसिसीका बारेमा जवाफ दिनैपर्ने भो भन्दै पूर्वमन्त्री एवं एमाले नेता रावलप्रति आक्रोश पोख्नुभएको थियो ।