४ जेठ, २०८१ शुक्रबार

10:57:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आर्थिक विज्ञमा सालीकराम पोखरेल नियुक्त

Nepal Business

३० फागुन, २०७८

आर्थिक विज्ञमा सालीकराम पोखरेल नियुक्त

काठमाण्डौ

अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय क्षेत्रको विज्ञमा डा. सालीकराम पोखरेललाई नियुक्त गर्नु भएको छ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा कार्यरत पोखरेललाई मन्त्री शर्माले अर्थ मन्त्रालयको आर्थिक विज्ञको रुपमा नियुक्त गर्नु भएको हो । डा. पोखरेल नेपालको आन्तरिक उत्पादन वृद्धि, अर्थतन्त्रको दिगो विकासका लागि साना, मझौला तथा घरेलु उद्योग र लघुवित्त व्यवस्थापनमा विज्ञको रुपमा परिचित हुनु हुन्छ ।

दश वर्ष भन्दा बढी नेपाल राष्ट्र बैंकको अनुसन्धान विज्ञ रहेर मौद्रिक नीति लेखन तथा नीतिगत व्यवस्था सुधारका लागि उहाँले उल्लेख्य काम गर्नु भएको छ । आर्थिक क्षेत्रका अध्येता मानिने डा. पोखरेलका आर्थिक विषयका थुप्रै लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित समेत भएका छन् ।

अर्थ र बैंकिङ क्षेत्रका विज्ञका रुपमा परिचित डा. पोखरेलसँग कर्णाली प्रदेशमा नेपाल राष्ट्र बैंकको पहिलो प्रदेश प्रमुख रुपमा समेत दुई वर्ष काम गरेरे अनुभव छ ।