६ जेठ, २०८१ आइतबार

10:37:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गणपुरक संख्या नपुगेर नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित

३० फागुन, २०७८

कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने र बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

गणपुरक संख्या नपुगेर नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित

काठमाण्डौं

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा सोमबार स्थगित भएको छ । स्रोतका अनुसार साधारणसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि सोमबारका लागि तय गरिएको साधारण सभा स्थगित भएको हो । 

अब आजै सञ्चालक समिती बैठक बस्ने तयारी भइरहेको छ, सोमबार बस्ने सञ्चालक समितीको बैठकले केहि दिन भित्रमै गर्ने गरी अर्को साधारणसभाको मिति तोक्ने छ । 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने र बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।