६ जेठ, २०८१ आइतबार

09:33:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित

३० फागुन, २०७८

सिंह निकोलस पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै अध्यक्ष बन्नुभएको हो । महासंघको वरिष्ठ उपाध्यक्षकम आङ दोर्जि लामा, महासचिवमा रोशन दाहाल र एसोसिएट उपाध्यक्षमा रामजी पन्त विजयी हुनुभयो ।

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि  सिंह निर्वाचित

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन रवि सिंह निर्वाचित हुनुभएको छ ।

सिंह निकोलस पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै अध्यक्ष बन्नुभएको हो ।

महासंघको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनबाट अध्यक्षमा सिंह पुनः विजयी हुनुभएको हो ।

सिंह निकोलस पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै अध्यक्ष बन्नुभएको हो । महासंघको वरिष्ठ उपाध्यक्षकम आङ दोर्जि लामा, महासचिवमा रोशन दाहाल र एसोसिएट उपाध्यक्षमा रामजी पन्त विजयी हुनुभयो । लामा र दाहाल सिंह प्यानलका उमेद्वार हुनुहुन्थ्यो ।

यस्तै प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर सेठी निर्वाचित हुनुभएको छ ।

महाधिवेशनले महासचिवमा रोशन दहाल, उपमहासचिवमा शिवहरी घिमिरे र  नरहरि थपलिया, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ तथा सह कोषाध्यक्षमा सन्तोष शाह निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गर्नुभएको थियो । । पाण्डेले ३ सय ३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गर्नुभयो ।