६ जेठ, २०८१ आइतबार

12:05:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नगरपालिका संघले ७ नगरपालिकालाई उत्कृष्ट घोषणा

Nepal Business

२९ फागुन, २०७८

संघको २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो ।

 नगरपालिका संघले ७ नगरपालिकालाई उत्कृष्ट घोषणा

काठमाण्डौं

नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । संघको २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो ।

संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ ।

यसैगरी स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् ।