६ जेठ, २०८१ आइतबार

10:37:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

२९ फागुन, २०७८

मतदानमा १ हजार १९८ प्रतिनिधि सहभागी हुनेछन् ।

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाण्डौं

नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान भैरहेको छ । अध्यक्ष पदबाट कसैले पनि उम्मेदवानरी फिर्ता नलिएपछि मतदान सुरु भएको थियो । मतदानमा १ हजार १९८ प्रतिनिधि सहभागी हुनेछन् ।

महासंघको अध्यक्षका लागि निकोलस पाण्डे, रवि सिंह, र हुमनाथ कोइरालाले अध्यक्षमा उमेदवारी दिनु भएको  छ । सिंह वर्तमान कार्यसमितिका अध्यक्ष हुनुहुन्छ भने पाण्डे वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । सिंह र पाण्डेबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

पाण्डे र सिंहले प्यानलसहित चुनाव भाग लिएका छन । पाण्डेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मण राना, एसोसिएट उपाध्यक्षमा रामजी पन्त छन् । महासचिवमा वासुदेव उप्रेती छन् । सिंहको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा आङदोर्जे लामा, एसोसिएट उपाध्यक्षमा अच्युतप्रसाद खरेल र महासचिवमा रोशन दाहाल रहनु भएको छ ।  

पाण्डे कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक रहनु भएको छ भने सिंहको निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा रहेको छ । यसैगरी कोइरालाको विकोइ विल्र्डस रहेको छ ।

मधेस प्रदेशका उपाध्यक्षमा शम्भु ठाकुर, कर्णाली प्रदेशका उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर सेठी निर्विरोध निर्वाचित भइसक्नु भएको छ।