२१ बैशाख, २०८१ शुक्रबार

08:20:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयात नियन्त्रण गर्न मार्जिनको व्यवस्थाः अर्थमन्त्री शर्मा

२९ फागुन, २०७८

अर्थतन्त्र यतिबेला चुनौतिपूर्ण अवस्थामा रहेको यो परिस्थितिलाई मध्येनजर गर्दै अर्थमन्त्रालयले वस्तुको आयातमा मार्जिन राखेको उहाँले बताउनु भयो ।

आयात नियन्त्रण गर्न मार्जिनको व्यवस्थाः अर्थमन्त्री शर्मा

काठमाण्डौं

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताउनु भएको छ। आइतबार भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार राजस्व असुली प्रभावित  भैरहेको बताउनु भयो । राजश्वमा आइरहेको यस्ता समस्यालाई चिदै लक्ष्यमा पुग्न मेहनेत लगाउनु पर्छ भन्नुभयो । 

अर्थतन्त्र यतिबेला चुनौतिपूर्ण अवस्थामा रहेको यो परिस्थितिलाई मध्येनजर गर्दै अर्थमन्त्रालयले वस्तुको आयातमा मार्जिन राखेको उहाँले बताउनु भयो । यसले केही मात्रामा भन्सार प्रभावित वनेको छ तर यो स्थाई नभएकाले अल्पकालीन समस्यालाई जोड दिनु पर्छ भन्नु भयो । वर्तमान अवस्थाको आर्थिक अवस्था सामान्य बनेसँगै भन्सार प्रणालीले नियमित काम गर्ने उहाँको भनाइ छ ।

चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठि प्रभावकारी हुने उहाँले बताउनु भयो ।

उहाँले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सृजित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठि प्रभावकारी हुने विश्वास लिएको बताउनु भयो । वस्तु आयातमा गरिएको वर्गीकरण सम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठिका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन पनि उहाँले निर्देशन दिनुभयो।

उहाँले भन्सार कार्यालयमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने समेत जानकारी गराउनु भयो । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडी बढ्न उहाँले कर्मचारीलाई  समेत निर्देशन दिनुभयो ।

माघ मसान्तसम्मको लक्ष्य भन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उहाँले खुशि व्यक्त गर्नुभयो। भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाइका बाबजुत ३ खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी गराउनु भयो । यो गत वर्ष सोही अवधिको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो ।