४ जेठ, २०८१ शुक्रबार

07:35:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई लाख नेपाली विदेशीए, पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियो

२७ फागुन, २०७८

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु ६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

दुई लाख नेपाली विदेशीए, पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियो


काठमाडौं
देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्यरुपमा बढेको पाइएको हो ।
गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।

गत माघ मसान्तसम्मको विवरणअनुसार एक लाख ५२ हजार ३२५ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिनेको संख्या २६६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनकि भएको छ ।  चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा उल्लेख्य मात्रामा नेपाली नागरिक रोजगारीको खोजीमा विदेशिए । हरेक दिन जसो विभिन्न वायु सेवा प्रदायकले नेपाली युवा बोकेर धावनमार्ग छाड्यो ।

काम गर्ने उमेर समूहका मानिस विदेशिनु आफँैमा देशका लागि राम्रो मानिदैन । एकातिर विदेशिने नेपालीको संख्यामा बढोत्तरी हुनु, अर्कोतर्फ विप्रेषणको आप्रवाह ओरालो लाग्नु आफैँमा अमिल्दो देखिएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरणमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु पाँच खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई चार अर्ब ५३ करोड कायम भएदुई लाख नेपाली विदेशीए, पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियोको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।  समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु ६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।