२१ माघ, २०८१ सोमबार
11:04:20 PM
२७ फागुन, २०७८
काठमाण्डौं
बोटलर्स नेपालविरुद्ध सरकारले पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर बिगो दावी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।
बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ । बोटलर्स नेपालसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।