२१ माघ, २०८१ सोमबार
10:50:07 PM
२७ फागुन, २०७८
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा रहेको छ ।
काठमाडौं
सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । गृह मन्त्रालयले बिहीबार (फागुन २६ गते) राजपत्रमा सूचना निकालेर बिदाको विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सूचनामा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा रहेको छ ।
२०७९ सालको दशैंमा सरकारले ६ दिन बिदा दिइएको छ भने तिहारमा ४ दिन बिदा दिएको छ । साथै २०७९ सालमा सरकारले क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु ल्होसार र सोनाम ल्होसार तथा मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय गरेको छ ।