२१ बैशाख, २०८१ शुक्रबार

05:44:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चार वस्तुको आयात खुल्ला, कुन कुन वस्तु आयात गर्न पाइने ?

२७ फागुन, २०७८

आयात खुला गरेको वस्तुहरुको आयातमा सरकारले २०७६ चैत्रदेखि प्रतिबन्ध लगाइएको थियो ।

चार वस्तुको आयात खुल्ला, कुन कुन वस्तु आयात गर्न पाइने ?

काठमाण्डौं

सरकारले लामो सयमदेखि प्रतिबन्ध लगाएको वस्तु आयात गर्न पाइने सूचना जारी गरेको छ । आयात खुला गरिएका वस्तुहरुमा सुपारी, मरिच, छोकडा र केराउ पर्दछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहिबार राजपत्रमा सूचना जारी गरेर आयात खुला गरेको हो ।

आयात खुला गरेको वस्तुहरुको आयातमा सरकारले २०७६ चैत्रदेखि प्रतिबन्ध लगाइएको थियो । औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योगले नै आयात गर्न पाउने गरी आयात खुला गरिएको राजपत्रमा उल्लेख छ । रापजत्रमा प्रकाशित सूचनामा कुन वस्तुको आयात कति परिमाणमा हुने भन्नेबारे प्रष्ट रुपमा केही खुलाइएको छैन । 

तर उद्योगहरुले आयातका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिएर संख्या निर्धारण गर्न सक्नेछन । यसका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन आयात कर्ताले दिन सक्ने बताइएको छ । 

आयात खुला गरेको वस्तुहरुको आयातमा सरकारले २०७६ चैत्रदेखि प्रतिबन्ध लगाइएको थियो । औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योगले नै आयात गर्न पाउने गरी आयात खुला गरिएको राजपत्रमा उल्लेख छ ।

नेपालमा इन्डोनेसिया, मलेसिया, क्यानडालगायत मुलुकबाट आयात हुने सुपारी र केराउ तस्करी भएर भारतीय बजारमा जाने गरेको भन्दै आयात खुला नगर्न सरकारलाई अर्थविद्हरुले सुझाव समेत दिनु भएको थियो । यसै सुझावको आधारमा पनि सरकारले यि वस्तुमा प्रतिबन्ध लगायो ।  आयात बढेका कारण विदेशी मुद्राको सञ्चितिमा कमि आएको भन्दै परेको दवाबका कारण पनि सरकारले यि वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो ।

यसैगरी किसानहरुले पनि स्वदेशी उत्पादनले बजार नपाउने भन्दै सुपारी लगायतका वस्तु आयात नगर्न सरकारलाई दबाब दिँदै आएका थिए । आफ्नै उत्पादनले बजार नपाइरहेको स्थितिमा सरकारले सुपारी लगायतका वस्तुहरुको आयात गर्न दिएर किसानलाई मारमा पारेको आरोप किसानहरुले लगाइरहेका थिए ।

आजभोली विदेशी मुद्राको सञ्चिति घटेर दैनिक उपभोग्य वस्तुको समेत आयात नियन्त्रण भइरहेका बेला सरकारले तस्करी भएर भारत जाने सुपारी, केराउ, मरिच र छोकडाको आयात खुला गरेको छ ।

विहिबार मात्र सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार प्रतिबन्धित बस्तुको आयात खुला गरिएको जनाएको छ ।

विहिबार मात्र सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार प्रतिबन्धित बस्तुको आयात खुला गरिएको जनाइएको छ । खुला गरिएका सामग्री उद्योग विभागको सिफारिसमा उद्योगले औद्योगिक प्रयोजनका लागि ल्याउन सक्नेछन् । उद्योग मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको कार्यविधि पन्छाएर अर्को बाटोबाट निर्णय गरिएको बताइएको छ ।

उद्योगले औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा यि वस्तुहरु आयात गर्न पाउनेछन् । हालसम्म भारततर्फ भैरहेको तस्करी रोक्नका लागि विभाग र यससँग सम्बद्ध निकायहरु सक्रिय रहनु पर्नेछ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपारी आयात खुलाउन एक कार्यविधि तयार गरेको थियो । सो कार्यविधि १ महिना अगावै मन्त्रिपरिषद्बाट स्वीकृत भए पनि सार्वजनिक गरिएको थिएन । सोही कार्यविधि अनुसार आयात भएको सुपारी तथा केराउ भारत निर्यात गर्न नपाइने व्यवस्था गरिएको छ ।