२१ माघ, २०८१ सोमबार
10:42:56 PM
२७ फागुन, २०७८
५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी थप ७७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं
पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १८१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार १०८ जना होम आइसोलेसनमा छन् भने १०४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।