२० बैशाख, २०८१ बिहिबार

09:31:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनियाँ प्रधानमन्त्रीद्वारा ज्याकोब्सडोटिरलाई बधाइ

Nepal Business

२८ मंसिर, २०७८

चिनियाँ प्रधानमन्त्रीद्वारा ज्याकोब्सडोटिरलाई बधाइ

चीन, २८ मंसिर । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बुधबार आइसल्याण्डको प्रधानमन्त्रीमा पुनस् निर्वाचित भएकामा क्याट्रिन जाकोब्सडोटिरलाई बधाइ दिनुभएको छ। 
आफ्नो सन्देशमा लीले चीन(आइसल्याण्ड सम्बन्ध सुदृढरूपमा विकसित हुँदै गएको र विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग निरन्तर अगाडि बढिरहेको उल्लेख गर्दै दुई देशका जनताबीचको आपसी समझदारी र मित्रता प्रगाढ हुँदै गएको बताउनुभएको छ।
लीले आफू र जाकोब्सडोटिरले भर्खरै पत्र आदानप्रदान गरेको सम्झना गर्नु भएको छ जसमा जलवायु परिवर्तन सहयोग र अन्य मुद्दाहरूको बारेमा टिप्पणीहरू उल्लेख छन्। चिनियाँ प्रधानमन्त्रीले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठलाई आपसी राजनीतिक विश्वास सुदृढ गर्ने, अर्थतन्त्र, व्यापार, लगानीलगायतका क्षेत्रमा द्विपक्षीय सहयोगलाई प्रगाढ बनाउने अवसरका रूपमा लिन जाकोब्सडोटिरसँग मिलेर प्रयास गर्न आफू तयार रहेको बताउनुभएको छ ।

पारस्परिक सम्मान, पारस्परिक लाभ र जितको सिद्धान्तमा आधारित दुई देश र तिनीहरूका जनताको हितको लागि चीन(आइसल्याण्ड सम्बन्धको निरन्तर र स्वस्थ विकासलाई जोड दिन आवश्यक रहेको बताउँनु भएको छ । rss