२१ माघ, २०८१ सोमबार
10:42:02 PM
२७ फागुन, २०७८
थानी ४ वर्षको लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो ।
काठमाडौं
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त हुनुभएको छ । फागुन २६ गते बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । कार्यकारी निर्देशक नियुक्त गर्न गठित सिफारिस समितिले थानीसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।
समितिले उमेश थानी, डा चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम सरकार समक्ष पेस गरेको थियो । थानी ४ वर्षको लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो ।