२० बैशाख, २०८१ बिहिबार

02:28:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनको आक्रामक कार्य विरुद्ध गठबन्धनलाई बलियो बनाउनुपर्नेः अमेरिकाली विदेशमन्त्री

Nepal Business

२८ मंसिर, २०७८

चीनको आक्रामक कार्य विरुद्ध गठबन्धनलाई बलियो बनाउनुपर्नेः अमेरिकाली विदेशमन्त्री

इन्डो प्यासिफिक क्षेत्रमा चीनको आक्रामक कार्य बारे जारी चिन्ताको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बेइजिङ विरुद्ध गठबन्धनलाई बलियो बनाउन नियममा आधारित आदेशको रक्षा गर्नुू पर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो देशहरूलाई आफ्नो बाटो रोज्ने अधिकार हुनुपर्छ।
इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकाको रणनीतिको रूपरेखा प्रस्तुत गर्दै  इन्डोनेसियाको दुई दिने भ्रमणमा रहनुभएका ब्लिन्केनले भन्नुभयो, हामी हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर दशकौंदेखि मिलेर बनाएका नियमहरूमा आधारित व्यवस्थाको रक्षा गर्न काम गर्नेछौं र ती क्षेत्र खुला र पहुँचयोग्य रहनेछन् ।
ूनियममा आधारित आदेशको रक्षा गर्ने लक्ष्य कुनै पनि देशलाई तल राख्नु होइन बरु बलजफती र धम्कीबाट मुक्त सबै देशहरूको आफ्नो बाटो रोज्ने अधिकारको सुनिश्चितता गर्नु हो,ू अल जजीराले ब्लिन्केनले जकार्ताको विश्वविद्यालयमा दिनुभएको उक्त भाषणलाई उल्लेख गरेको छ। 
अल जजीराका अनुसार ब्लिन्केनले वाशिंगटनले देशहरूलाई अमेरिका र चीनको बीचमा छनोट गर्न वा चीनसँग द्वन्द्व खोज्न बाध्य पार्ने प्रयास नगरेको  बताउँनु भएको छ। तर उहाँले उत्तरपूर्वी एसियादेखि दक्षिणपूर्वी एसिया र मेकोङ नदीदेखि प्रशान्त टापुहरूसम्मू बेइजिङको आक्रामक कारबाहीबारे गुनासो भने पोख्नु भएको थियो।  रासस