२१ माघ, २०८१ सोमबार
10:54:43 PM
२६ फागुन, २०७८
आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं
स्थानिय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक ‘म्यादी प्रहरी’ भर्ना सम्बन्धी सुचना प्रकाशित नभएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले बिहीबार एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना प्रकाशन नगरेको जनाएको छ ।
नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित÷प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ । ’
आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ ।