६ मंसिर, २०८१ बिहिबार

09:26:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकी तल्लो सदनलद्वारा युक्रेनका लागि खर्च विधेयक पारित

२६ फागुन, २०७८

१३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित

अमेरिकी तल्लो सदनलद्वारा युक्रेनका लागि खर्च विधेयक पारित

वासिङ्टन

अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ।

विधेयकले सेप्टेम्बर ३०, २०२२ सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिनेछ। हालको कोष शुक्रबार मध्यरातमा समाप्त हुँदैछ। विधेयकले ७३० बिलियन गैर रक्षा कोष र ७८२ बिलियन रक्षाको लागि र  युक्रेनको लागि मानवीय, आर्थिक र रक्षा सहयोग को लागि १३.६ बिलियन विनियोजन गर्नेछ ।