२२ बैशाख, २०८१ शनिबार

07:48:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मदन भण्डारी राजमार्गमा समस्या

Nepal Business

२८ मंसिर, २०७८

सडक विभागमा सरुवा हुन कर्मचारीको प्रतिस्पर्धा

मदन भण्डारी राजमार्गमा समस्या



काठमाण्डौं, मंसिर २८
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकका विभिन्न योजना आयोजना र डिजाइनहरुमा न्यूनतम मापदण्डसमेत पालना नगरीएको जनाएको छ ।  इन्जिनियरहरुको मनलाग्दी सरुवा गर्दा काममा शिथिलता आएको र मापदण्डमा पनि ख्याल गरिएको पाइदैन । तर कर्मचारीहरु भने सडकमा सरुवा भएर जान प्रतिस्पर्धा गरिरहेका छन् । 
सडकको गुनासो बढिरहेको अवस्थामा प्रशासन र लेखाका कर्मचारीहरु सडकमा  सरुवा भएर जान प्रतिस्पर्धा गरी शतिmकेन्द्रमा धाउन थालेका छन । 
सामान्य प्रशासन मन्त्रालयको गलत निणर्यको कारण मदन भण्डारी राजमार्गको योजना कार्यालय सुर्खेतको कार्यालय स्थापना नहुँदा विवाद सुरु भएको छ । मन्त्रालयहरुबीचको अपसी तालमेल मिल्न नसक्दा कर्मचारीहरु एक मन्त्रालयबाट अर्कोमा जाने तर अर्को मन्त्रालयले हाजिर नगराउने जस्ता समस्या देखापरेका छन् ।  
सुर्खेत मदन भण्डारी सडक योजना कार्यालय स्थापना गर्ने निणर्य भए पनि सो कार्यालयका लागि बजेटको एलएमबी आईएस इन्ट्री भइसकेको छैन । कार्यालयले कति कति खर्च गर्ने भन्ने निधो नभए पनि सो क्षेत्रमा पुल सडकको ठेक्काको काम सुरु भइसकेको छ । तर कर्मचारीको विषयमा कुनै स्पष्ट निणर्य नभएकोले हाजिर गराउन नसकिने सडक कार्यलयले बताइरहेको छ ।