१९ मंसिर, २०८१ बुधबार

02:32:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत् आयोजना सुचारु

२५ फागुन, २०७८

कोभिड–१९ महामारीको चपेटामा परेकोे माथिल्लो त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ ।

माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत् आयोजना सुचारु

काठमाण्डौं

कोरोना कहर र निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको  कूल ३७ मेगावाट जडित क्षमताको सो आयोजनाको कामले गति लिएको हो ।

कोभिड–१९ महामारीको चपेटामा परेकोे माथिल्लो त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण असोज २०८० भित्र (सेप्टेम्बर २०२३) सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको छ । 

नयाँ वर्ष मनाउन  माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको  निर्माण करिब १५ महिना ठप्प प्रायः भएको थियो ।

आयोजनाको  निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएकामा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । 

कोभिड–१९ महामारीको चपेटामा परेकोे माथिल्लो त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण असोज २०८० भित्र (सेप्टेम्बर २०२३) सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको छ । 

साथै, मुख्य सुरुङमा पूर्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ । 

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले तीन हजार ८०५ मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये दुई हजार ८६५ मिटर खनिएको बताउनुभयो ।  

सतही विद्युत् गृह खन्ने कार्य सम्पन्न भई संरचनाहरुको कङ्क्रिटिङ सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरुको जडान गर्दै पहिलो चरणको कङ्क्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यका साथ काम भइरहेको छ,  गौतमले भन्नुभयो । 

चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको छैन ।

केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरणहरु ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी आएको आयोजनाले जनाएको छ । 

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘३ए’ जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ‘३बी’ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन ।

माथिल्लो त्रिशूली ‘३ए’ को विद्युत्गृहबाट विद्युत् उत्पादनपश्चात् निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । उत्पादित विद्युत् हाल सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशूली ‘३बी’ हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।