२१ माघ, २०८१ सोमबार
10:53:28 PM
२५ फागुन, २०७८
६ हजार ९३६ पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनामा एन्टिजेन परीक्षण गर्दा १५६ जना गरी थप २२४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं
पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनामा एन्टिजेन परीक्षण गर्दा १५६ जना गरी थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् । ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन् ।