७ मंसिर, २०८१ शुक्रबार
06:10:18 AM
२५ फागुन, २०७८
अब ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपियाँ र मिडियम अन्डा प्रतिक्रेट ३६५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको संघले जनाएको छ।
काठमाडौं
बर्डफ्युको हल्ला चलिरहँदा बजारमा अण्डाको मूल्य बढेको छ । यसअघि १५ रुपियाँमा प्रतिगोटा किनबेच भएको अण्डा अब मूल्य बढेर प्रतिगोटा १६ रुपियाँ पुगेको छ । नेपाल अन्डा उत्पादक संघले बुधबारदेखि लागू हुने गरि अन्डा प्रतिगोटा १ रुपियाँले बढाएको छ भने क्रेटमा ३५ रुपैयाँले बढाएको छ ।
अब ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपियाँ र मिडियम अन्डा प्रतिक्रेट ३६५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको संघले जनाएको छ। उत्पादनमा महँगिएको लागतसँग सन्तुलन मिलाउने भन्दै संघको मंगलबार भएको विशेष बैठकले अन्डाको बिक्री मूल्य नयाँ निर्धारण गरेको हो।