७ मंसिर, २०८१ शुक्रबार
07:12:04 AM
२४ फागुन, २०७८
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त एक पदमा शाहलाई मनोनित गर्न संघले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव राखेको हो ।
काठमाण्डौं
वरिष्ठ कलाकार नीर शाहलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न नेपाली कांग्रेस निकटको नेपाल साँस्कृतिक संघले प्रस्ताव अगाडि बढाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त एक पदमा शाहलाई मनोनित गर्न संघले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव राखेको हो ।
राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको कार्यकाल केही दिनअघि सकिएपछि सो पदमा मनोनितका लागि शाहलाई प्रस्ताव गरिएको साँस्कृतिक संघ निकट स्रोतले बताएको छ ।
यस विषयमा नीर शाहले केही बोल्नु भएको छैन । २०४१ सालमा नेपाल टेलिभिजनको सुरुवातसँगै शाहले १० वर्ष त्यहाँको नेतृत्व सम्हाल्नु भएको थियो । शाह चलचित्र विकास बोर्डका अध्यक्ष पनि भइसक्नु भएको छ ।