१७ बैशाख, २०८१ सोमबार

12:09:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नियमित उडानको प्रतीक्षामा रेसुंगा विमानस्थल : निरीक्षणमा पुगे प्रदीप ज्ञवाली

२४ फागुन, २०७८

विमानस्थलमा अहिले धावनमार्गमा मार्किङ गर्ने बाहेक अरु सामान्य काम मात्र बाँकी रहेका छन् । टर्मिनल भवन र कन्ट्रोल टावर कलर, सिसा, धारा, फिनिसिङ र टायलको काम अधिकासं सकिएकोले केही महिना भित्रै सबै काम सकिने जनाइएको छ ।

नियमित उडानको प्रतीक्षामा रेसुंगा विमानस्थल : निरीक्षणमा पुगे प्रदीप ज्ञवाली

गुल्मी ।  गुल्मीमा निर्माणाधीन रेसुंगा विमानस्थल नियमित उडानको तयारीमा रहेको छ ।

यस अघिनै परिक्षण उडान सम्पन्न भईसकेको विमानस्थलका अधिकासं भौतिक संरचना सम्पन्न भईसकेका छन् । यसैगरी विमानस्थलको धावनमार्ग पनि निर्माणको अन्तिम तरणमा पुगेको छ । आफु पर्यटन मन्त्री भएको समयमा विमानस्थल निर्माणको परिकल्पना र काम थाल्नुभउका पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली विमानस्थल निरिक्षणमा पुग्नुभउको छ ।

उहाँले विमानस्थललाई अझै आकर्षक बनाउन के गर्न सकिन्छ भन्ने बारे सोच्न समेत आग्रह गर्नुभयो । 

विमानस्थलको महत्वपूर्ण संरचना धावनमार्ग भएकाले सञ्चालनपूर्व नै सतहको फिनिसिङ मिलाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । निरिक्षणपछि पत्रकारहरुसंग कुरा गर्दै ज्ञवालीले गुल्मेलीहरुको आफ्नै जिल्लाबाट हवाईजहाज चड्ने धोको छिट्टै पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थलमा अहिले धावनमार्गमा मार्किङ गर्ने बाहेक अरु सामान्य काम मात्र बाँकी रहेका छन् । टर्मिनल भवन र कन्ट्रोल टावर कलर, सिसा, धारा, फिनिसिङ र टायलको काम अधिकासं सकिएकोले केही महिना भित्रै सबै काम सकिने जनाइएको छ । 

विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । रेसुंगा नगरपालिका– १० सिमीचौरमा निर्माणाधीन विमानस्थलमा २७ जेठ ०७५ मा परीक्षण उडान गरिएको थियो ।

रेसुंगा विमानस्थल ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलन्यास गरेका थिए । २०७२ बाट विमानस्थल निर्माणको काम नियमित भएको थियो ।