२ मंसिर, २०८१ आइतबार
05:29:53 AM
२४ फागुन, २०७८
कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कूल १ लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन
बारा
बारा जिल्लामा आर्थिक वर्ष ०७८/७९ मा २ अर्ब ३७ करोड ४४ लाख बराबरको १ लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ ।
कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आव ०७८/७९ मा बाराका कृषकहरूले कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कूल १ लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको कुरा ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवबाट थाहाभएको छ । उक्त उत्पादित आलु कलैया बजारमा प्रतिकेजी २०/२५ मा बिक्री भइरहेको कुरा पनि थहाभएको छ ।
जिल्लाको हरिहरपुर, गोलागन्ज, अमृतगन्ज, देवापुर, टेटा, उचिडिह, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा आलु खेतीको पकेट क्षेत्र भए पनि जिल्लाको प्रायः सबै क्षेत्रमा आलु खेती हुने गरेको छ ।