२१ माघ, २०८१ सोमबार
10:50:37 PM
२३ फागुन, २०७८
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु
काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४९३ जनामा एन्टिजेन परीक्षण गर्दा २२ जना गरी थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ।