२१ माघ, २०८१ सोमबार
10:45:08 PM
२३ फागुन, २०७८
काठमाण्डौ
पछिल्ला दिनमा कानून बमोजिक राजस्व र भन्सार महशुल तिरेर व्यवसाय गर्नेहरुको भन्सार छलेर व्यवसाय गर्ने प्रचलन बढेको छ । राजस्व अनुसन्धान विभागले सोमबार दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो ।
राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध ४ करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएकोे छ ।
विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ । विभागले बख्रेल र पन्तसँग जनही १ करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग १ करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग १ लाख ८० हजार ८१८ बिगो माग गरेको छ ।