७ मंसिर, २०८१ शुक्रबार
02:25:39 AM
२३ फागुन, २०७८
भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ।
काठमाडौं ।
हुन्डाइ मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सेवा बिस्तारको क्रममा भक्तपुरको राधे राधेमा शोरुम खोलेको छ। सोमबारदेखि भक्तपुर र आसपास क्षेत्रका ग्राहकलाई लक्षितगरी शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्ट्स् (थ्री एस) सेवा उपलब्ध गराउने गरी शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ।
भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ। कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्ने जनाइएको छ। भक्तपुरको राधे राधेस्थित शोरुममा हुन्डाई मोटर्सका आधुनिक मोडलहरु शोकेस गरिएको छ।
अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कामदारहरुले गाडी खरिद र खरिद पछिको उत्कृष्ट सेवा दिने कम्पनीले जनाएको छ। यसबाट ग्राहकले सबै किसिमका आवश्यक सेवा छरितो र सहज तरिकाले लिन सक्ने पनि कम्पनीले जानकारी दिएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरी १५ वटा शोरुम तथा १९ वटा सर्भिस सेन्टर रहेको छ। हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो। हुन्डाइले उत्कृष्ट क्वालिटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।