२५ बैशाख, २०८१ मंगलबार

07:50:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाँसुरी बाधक दिक्षित, एक वर्ष लामो प्रशिक्षण

२२ फागुन, २०७८

बाँसुरी बाधक दिक्षित, एक वर्ष लामो प्रशिक्षण

भक्तपुर ।

भक्तपुर नगरपालिका–७, गोल्मढीमा आइतबार बाँसुरी बाजा बाधकहरू दीक्षित भएका छन् । गोल्मढीको यातास्थित सहलह बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बाँसुरी बाजा प्रशिक्षण समापनको अवसरमा प्रशिक्षार्थीहरू दीक्षित भएका हुन् ।

गत वर्षको चैत १९ गतेदेखि प्रशिक्षण सुरु गरेका प्रशिक्षार्थी करिव एक वर्ष लामो प्रशिक्षणपछि दीक्षित भएका हुन्

गत वर्षको चैत १९ गतेदेखि प्रशिक्षण सुरु गरेका प्रशिक्षार्थी करिव एक वर्ष लामो प्रशिक्षणपछि दीक्षित भएका हुन् । नेवारी परम्पराअनुसार प्रशिक्षणका क्रममा प्रशिक्षार्थीका परिचय गोप्य राखिन्छ । प्रशिक्षणको समापनसँगै नासः द्यो (नाट्यश्वरी)को पूजा गरी प्रशिक्षार्थी दीक्षित हुँदै सार्वजनिक हुने गर्छन् । 

परम्परागत सांस्कृतिक बाजागाजा संरक्षण एवं नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उद्देश्यले बाँसुरी बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको सहकारीले जनाएको छ । प्रशिक्षार्थीलाई  भक्तपुर नगरपालिका–९, साकोलाङका गायक तथा सङ्गीतकार राजकुमार मानन्धरले प्रशिक्षण दिनुभएको थियो ।

कोरोना सङ्क्रमणको जोखिमका कारण बन्दाबन्दीको बेला अनलाइनमार्फत प्रशिक्षण दिएको बताउँदैं गुरु मानन्धरले कोरोना कारण पनि प्रशिक्षण लम्बिएको जानकारी दिनुभयो । 

उहाँले कोरोनाको जोखिम कम भएसँगै नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालन गरी प्रशिक्षण सञ्चालन गरेको बताउनुभयो । प्रशिक्षणका क्रममा आवश्यक बाजागाजालगायतको आवश्यक व्यवस्थापन सहकारीले गरेको थियो । प्रशिक्षणमा महिला पुरुष गरी २१ जना सहभागी भएका थिए ।