७ मंसिर, २०८१ शुक्रबार
07:51:42 AM
२२ फागुन, २०७८
काठमाण्डौं
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धी सम्बन्धी प्रतिवेदन बुझाउनु भएको छ ।
आइतबार शीतलनिवास गएर उहाँले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाउनु भएको हो ।
यसैगरी प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले परिषद्को आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि भण्डारीसमक्ष बुझाउनु भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता समीर आचार्यले बताउनु भयो ।