७ मंसिर, २०८१ शुक्रबार
02:58:43 AM
२१ फागुन, २०७८
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
इन्धनको मूल्य बढेको तीन दिन नवित्दै नेपालमा हवाइजहाजको भाडा बढाइएको छ । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडामा वृद्धि गरी शनिबार नयाँ मूल्य सूचि सार्वजनिक गरेको छ ।
उक्त बढेको भाडादर आइतबारदेखि लागू हुने जनाइएको छ । संघका अनुसार आन्तरिक उडानमा मात्रै बढेको हो । प्राप्त विवरणअनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइट ३४० रुपैयाँसम्म बढाइएको छ। काठमाडौं-विराटनगर २४०, काठमाडौं-भद्रपुर ३००, काठमाडौं-धनगढी ४४५ ले बढेको छ । सबैभन्दा बढी विराटनगर-नेपालगञ्जको भाडा ५४० ले बढेको छ ।
काठमाडौँ-सुर्खेत ३४५ ले बढेको छ । विहिबार नेपाल आयल निगमले हवाइ इन्धनको मुल्य १२६ बाट १३६ रुपैयाँ प्रतिलिटर बनाएको थियो ।
हवाइ इन्धनको मूल्य घटाउन माग
संघले नियमलाई हवाइ इन्धनको मूल्य घटाउन माग पनि गरेको छ । अहिले हवाई इन्धनमा निगमले बरिव २३ रुपैयाँ प्रतिलिटर नाफा राखेको छ । तर विगतमा संघ र निगम बीच १० प्रतिशतसम्म नाफा राख्ने सहमती उल्लंघन गरेको भन्दै मूल्य घटाउन माग गरेको हो ।
संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्धारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।