७ मंसिर, २०८१ शुक्रबार
02:56:42 AM
२१ फागुन, २०७८
श्रीमतीको गहना राखेर किस्ता तिर्नुपर्ने बाध्यता आयो
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
ट्रक ब्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
सरकारले पटकपटक डिजेलको मूल्य वृद्धि गरेको तर विगत ६ वर्ष देखि ढुवानी भाडा नबढाएको भन्दै पेट्रोलियम पदार्थको मुल्य वृद्धिसँगै ढुवानी भाडा पनि बढाउनु पर्ने माग उनीहरुको छ ।
शनिबार देशभरका १०० बढी व्यवसायीहरुले चितवनको रामनगरमा केहीबेर राजमार्ग अवरोध गरी विरोधको कार्यक्रमको घोषणा गरेका हुनु ।
शनिबार देशभरका १०० बढी व्यवसायीहरुले चितवनको रामनगरमा केहीबेर राजमार्ग अवरोध गरी विरोधको कार्यक्रमको घोषणा गरेका हुनु । एक हप्ता भित्र सरकारले ढुवानी भाडा नबढाए देशैभरीका ट्यांकर घरमा थन्काएर आन्दोलन गर्ने ब्यवसायीहरुले चेतावनी दिएका छन् । धादिङका ब्यवसायी मनोज केसीले बैँकमा किस्ता तिर्न नकस्दा श्रीमतीको गहना धितो राखेर बुझाउनु परेको दुखेसो गर्नुभयो ।
अहिलेसम्म भैरहवा र वीरगन्जदेखि काठमाडौँसम्मको १० टनको २५ हजार भाडा कायम छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसँगै १० टनको २८ हजार हुनु पर्ने माग ब्यवसायीले गरेका छन् ।
एउटा १२ चक्के गाडीले २१ टन बोक्ने गरेको छ । आफुहरुले राज्यको नीतिनियम विपरित कहिल्यै पनि बढी शुल्क लिएर ढुवानी नगरेको, आफुहरु राज्यको नियमअनुसारनै सन्चालन गरिराखेको उहाँहरुको भनाइ छ । तर अव राज्यले भाडा दर नबढाए कडा आन्दोलन गर्न बाध्य हुने केसीको भनाई छ ।
पेट्रोलियम पदार्थको मुल्य बढेकोबढ्यै गर्ने तर ढुवानी भाडा नबढ्दा आफुहरु ब्यवसायबाटै पलाएर भएर खाडी जानुपर्ने बाध्यता भएको उहाँको दुखेसो छ ।
भारतीय ट्यांकर तेल लिएर जाने गरेको व्यवसायीको आरोप
भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुने भएकाले नेपाल आउने सबै भारतीय मालबाहक सवारीले ३ वटासम्म ट्यांकी हालेर आउने र डिजेल भरेर जाने गर्दा पनि नेपाल सरकारले यसलाई रोक्न नसकेको व्यवसायीको भनाइ छ ।
भारतीय मालबाहक सवारी साधन भन्सारमा पल्टी नगरी सिधै नेपालको काठमाडौँसहित अन्य सहरमा प्रवेश दिदा नेपाली ढुवानी ब्यवसायी ठुलो मारमा परेको नवलपुरका ब्यवसायी गणेश सिहं ठकुरीले बताउनुभयो ।
राज्यले ढुवानी भाडा नबढाउँदा आफुहरुले बैकंमा किस्ता समेत तिर्न नसक्ने अवस्था भएकोे व्यवसायी पवन महतोले बताउनुभयो । नेपालको सडकमा दैनिक ५ हजार बढी ट्रकहरु गुड्ने र त्यो मध्य ३० प्रतिशत ट्रक भारतीय भएकाले भारतीय ट्रकको सिधै नेपाल प्रबेश रोक्नु पर्ने पनि व्यवसायीले माग गरेका छन् ।
५० टन बढी माल बोकेर आउने ओभरलोड ट्रकका कारण नेपालको सडक भत्किने र बाटोमा ति ट्रक बिग्रर्दा सडकजामको पनि समस्या खेप्न नेपाली सवारी साधन र यात्रुहरु बाध्य भएको व्यवसायी ठकुरी बताउनुहुन्छ ।
काठमाडौँमा व्यवस्थित पाकिर्ङ र ट्रक रोक्ने ठाउँसमेत नहुदाँ आफुहरुले अनाहकमा ट्राफिकलाई जरिवना तिर्नुपर्ने बाध्यतामा परेको समेत व्यवसायीको भनाइ छ ।