७ मंसिर, २०८१ शुक्रबार

05:54:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इजरायलबाट फर्केका युवालाई सरकारले सहयोग गर्छ : कृषि मन्त्री यादव

२१ फागुन, २०७८

कृषि तथा पशुजन्य उत्पादनमा लागेका युवाहरुलाई सरकारले सहयोग गर्ने भन्दै इजरायलबाट फर्केका युवाहरुले गरेको व्यवसाय बढाउन र नयाँ गर्न चाहनेहरुका लागि परियोजना हेरेर सरकार सहयोग गर्न तयार रहेको

इजरायलबाट फर्केका युवालाई सरकारले सहयोग गर्छ : कृषि मन्त्री यादव

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले इजरायल कृषि प्रशिक्षर्थीका रुपमा गएर फर्केका युवाहरुलाई सरकारले सहयोग गर्नु बताउनुभएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकसंगको भेटमा मन्त्री यादवले कृषि तथा पशुजन्य उत्पादनमा लागेका युवाहरुलाई सरकारले सहयोग गर्ने भन्दै इजरायलबाट फर्केका युवाहरुले गरेको व्यवसाय बढाउन र नयाँ गर्न चाहनेहरुका लागि परियोजना हेरेर सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।

भेटमा अध्यक्ष पाठकले अहिलेसम्म देशका ३५ सय भन्दा बढि युवाहरु इजरायलमा कृषि प्रशिक्षार्थीका रुपमा गएर नेपाल फर्केको जानकारी गराउनुभएको थियो । साथै अध्यक्ष पाठले नेपाल फर्केर विद्यार्थीहरुले कुनै न कुनै व्यवसाय गरिरहेको बताउनुभयो ।

उहाँले सरकारले इजरायलबाट फर्केका युवाहरुलाई पहिचान गरि उनिहरुले गरिरहेको र गर्न चाहेको व्यवसाय विस्तरका लागि सहयोग गर्नुपर्ने माग गर्नुभयो । अध्यक्ष पाठकले आफुलाई इजरायलबाट फर्केका विधार्थीहरुको बारेमा जानकारी गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

साथै मन्त्री यादवले कुनैपनि कृषि तथा पशुजन्य उत्पादनमा लागेका युवा एंव कृषकहरुलाई सरकारले साथ सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपालमा अहिलेपनि कृषि तथा पशुजन्य उत्पादन आयत गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री यादवले यसको न्यूनिकरण उत्पादन बढाउन सके मात्र हुने भन्दै उत्पादनमा लाग्नेहरुलाई सरकारले साथ गर्ने बताउनुभएको हो ।

भेटमा अध्यक्ष पाठकले सरकारले बास्तविक किसानको पहिचान गरि उत्पादनमा आधारीत रहेर साथ सहयोग प्रदान गर्ने परिपाटीको विकास गर्नुपर्ने माग समेत गर्नुभयो । जो उत्पादनमा संलग्न छ उसैलाई सरकारको साथ सहयोग प्रदान गर्ने परिपाटी बनाउन माग गर्दै अध्यक्ष पाठकले अहिले इजरायलबाट फर्केका युवाहरुले उदाहरणीय कार्य गरेको जानकारी गराउनुभएको थियो ।

जवाफमा मन्त्री यादवले युवा कृषकको हकमा आफु पूर्ण रुपमा सकारात्मक रहेको भन्दै सरकारले पनि कृषि मार्फत आर्थिक समृद्धिको अवधारणा अगाडि सारेको बताउनुभयो ।  

नेपालबाट साना किसान विकास लघुविक्त वित्तीय संस्था लि. संगको समन्वयमा साना किसान कृषि सहकारी संस्थाका सदस्यका छोराछोरीहरुलाई इजरायल १० महिने कृषि प्रशिक्षार्थीका रुपमा पठाउने गरिएको छ ।

नेपालबाट इजरायल गएर १० महिना कृषि तालिम र अध्ययन गरेर फर्केका युवाहरुले अहिले नेपालका विभिन्न स्थानमा नमुना खेती गरिरहेका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र सना किसान विकास लघुविक्त वित्तीय संस्था लि.का अध्यक्ष समेत रहनुभएका पाठकले नेपालका किसानका छोराछोरीलाई इजरायल पठाएर कृषि कर्ममा संलग्न गराउन सकिएको बताउनुभयो । उहाँले सरकारले पनि नेपालको कृषि क्षेत्रमा इजरायले गरेको साथ सहयोगको मूल्यांकन गर्नुपर्ने तर्क मन्त्री समक्ष राख्नुभएको थियो ।