७ जेठ, २०८१ सोमबार

10:35:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

Nepal Business

२७ मंसिर, २०७८

एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

काठमाडौँ, २७ मंसिर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्र्तगतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले आज भीडियो वार्ता गर्नुभएको छ । उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त गर्नुभयो ।
 
     महासचिव पोखरेलले एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभयो । उपमन्त्री चाओले यही मङ्सिर २८ गते नेपालमा संसद् बस्न लागेको र  बैठकमा  एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्नका लागि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको जानकारी गराउनुभयो । रासस