७ मंसिर, २०८१ शुक्रबार

06:30:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्मचारीको आवश्यक्तालाई सरकारले ध्यान दिन्छः सञ्चारमन्त्री कार्की

२१ फागुन, २०७८

कर्मचारीको आवश्यक्तालाई सरकारले ध्यान दिन्छः सञ्चारमन्त्री कार्की

काठमाण्डौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यक्तालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन समारोहमा बोल्दै सञ्चारमन्त्री कार्कीले सङ्घीय निजामती ऐनप्रति सरकार पूर्ण जानकार रहेको र कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताउनुभयो  ।

निजामती कर्मचारी मुलुकको स्थायी सरकार हो, व्यावसायिक चरित्रलाई कायम राख्दै कर्मचारी र जनताको हितमा काम गर्न म नेपाल निजामती कर्मचारी युनियनलाई आग्रह गर्दछु, उहाँले भन्नुभयो । सहमतिमा नयाँ नेतृत्व छान्नुपर्ने उहाँको भनाइ थियो ।  

सञ्चारमन्त्री कार्कीले मुलुक जटिल परिस्थितिका साथ अगाडि बढिरहेको बताउँदै व्यक्तिगत महत्वकांक्षालाई थाँती राखेर देश र जनताको हितमा काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । समृद्ध मुलुक निर्माणमा निजामती कर्मचारीको ठूलो भूमिका रहेको भन्दै मन्त्री कार्कीले जनतालाई प्रत्याभूित हुने गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो ।