२१ बैशाख, २०८१ शुक्रबार

10:30:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मागभन्दा पाँच गुणा बढी सुपारी भित्रियो, बढी सुपारी कहाँ गयो ?

२० फागुन, २०७८

मागभन्दा पाँच गुणा बढी सुपारी भित्रियो, बढी सुपारी कहाँ गयो ?

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ ।

उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले शुक्रबार समिति सभापति तारादेवी भट्टलाई प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदनका विषयमा समितिको आगामी बैठकमा छलफल गरी सरकारका सरोकार भएका निकायलाई निर्देशन दिइने उहाँले जानकारी दिनुभयो । 

सुपारीसँग सम्बन्धित गुट्खा उद्योगले पाँच हजार मेट्रिकटन सुपारी भए पुग्छ भन्ने गरेकामा सरकारले २५ हजार मेट्रिकटन आयात गर्न दिएको संयोजक रायमाझीले जानकारी दिनुभयो । यस विषयमा समितिले केही सचिव र सुपारी आयातकर्तालाई बैठकमा बोलाएकामा अनुपस्थित भएको उहाँले बताउनुभयो । 

व्यवसायीको प्रभावमा परेर सरकारले देशमा आवश्यकताभन्दा बढी सुपारी आयात गर्न दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । आयात भएको सुपारी भारत जाने गरेको पनि सांसद रायमाझीले बैठकमा सुनाउनुभयो । 
यस विषयमा छलफल गर्न बैठकमा बोलाउँदा भन्सार विभागका महानिर्देशक पनि सरकारको निर्देशन पालना गर्नुपर्ने भन्दै नआएको उहाँले समिति बैठकमा जानकारी गराउनुभयो ।