२२ बैशाख, २०८१ शनिबार

07:44:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रेस काउन्सिल अध्यक्ष बस्नेतको पक्षमा सर्बाेच्च, पदबाट नहटाउन अन्तरिम आदेश,

२० फागुन, २०७८

काउन्सिलका अध्यक्ष बस्नेतले पदबाट हटाउनका लागि मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाइ सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रेस काउन्सिल अध्यक्ष बस्नेतको पक्षमा सर्बाेच्च, पदबाट नहटाउन अन्तरिम आदेश,

काठमाडौँ, 
सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ ।
 
 सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो । काउन्सिलका अध्यक्ष बस्नेतले पदबाट हटाउनका लागि मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाइ सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले प्रारम्भिक सुनुवाइबाटै स्पष्टीकरणको कार्यान्वयन नगर्न भनेको छ । 

प्रेस काउन्सिल स्वतन्त्र, स्वायत्त र अर्धन्यायिक निकाय भएकाले त्यसको काम कारबाहीमा सरकारी हस्तक्षेप अमान्य हुने आदेशमा भनिएको छ । बस्नेतलाई यसअघिको सरकारले चार वर्षका लागि काउन्सिलमा अध्यक्ष पदमा नियुक्त गरेको थियो ।