२५ बैशाख, २०८१ मंगलबार

04:42:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनधिकृत रूपमा पार्किङ गरिएको सवारीसाधनमा ह्विल लक

Nepal Business

२७ मंसिर, २०७८

दुई पाङ्ग्रेलाई ५ सय र चार पाङ्ग्रेलाई एक हजार जरिवाना

अनधिकृत रूपमा पार्किङ गरिएको सवारीसाधनमा ह्विल लक



काठमाण्डौं,मंसिर २७
ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा पार्किङ गरिएको सवारी साधनको चक्कामा लक लगाउन महिला प्रहरीलाई परिचालन गरेको छ । प्रहरीले यसअघि मोटरसाइकलमा ह्विल लक गर्दै आएको थियो ।
आइतबारबाट चार पाङ्ग्रे सवारीमा पनि लक लगाउन थालिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । महानगरभित्र ह्विल लक लगाउन तालिमप्राप्त महिला प्रहरी परिचालन गरिएको छ । 
ह्विल लक सम्बन्धी तालिम दिएर महिला प्रहरीलाई परिचालन गरिएको र ह्विल लक बापतको जरिवाना महानगरपालिकाबाट खटिएका सुरक्षाकर्मीलाई फिल्डमा नै बुझाउन सकिने सुुविधारहेको बताइएको छ । महानगरले अनधिकृत रूपमा पार्किङ गर्ने दुई पाङ्ग्रे  सवारीलाई ५ सय र चार पाङ्ग्रेसँग एक हजार जरिवाना तोकेको छ । ह्विल लक गर्दा नगर प्रहरीले फोन नम्बर भएको स्टिकर टाँस्ने गरेका छन् । सो नम्बरमा फोन गरेपछि जरिवाना तिरेर लक खोल्ने गरिन्छ
मेयर चिरिबाबु महर्जनले महानगरको नगरसभाबाट निणर्य गराएर अनधिकृत पार्किङ गर्ने सवारी साधनलाई जरिवाना लिन निर्देशन दिएका थिए ।