१० मंसिर, २०८१ सोमबार
04:01:36 AM
१९ फागुन, २०७८
काठमाण्डौं
नेकपा एमालेका नेता भीम रावलले स्वाधिनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने बिषय सकारात्मक रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलन उद्घाटन गर्दै राववले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरुको प्रस्ताव सकारात्मक रहेको बताउनुभएको हो ।
देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उहाँले बताउनुभयो ।
यस्तै उहाँले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरुका नेतालाई जनताले आगामी चुनावमा ठोक्नुपर्ने समेत बताउनुभयो । उहाँले एमसीसी पारित भएसँगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राख्नुभयो ।
रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वभाविक रहेको उल्लेख गर्नुभयो । राष्ट्रघाती बिषयमा मात्र आफुले बोलेको भन्दै उहाँले पार्टीको हित विपरित कहि कतै नवोलेको तर्क गर्नुभयो ।
यस्तै रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।