६ जेठ, २०८१ आइतबार

11:13:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस, अर्काे बैठक फागुन २२ गते बस्ने

१८ फागुन, २०७८

बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले गर्नुभएको विरोध र नाराबाजीबीच बैठक सञ्चालन

प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस, अर्काे बैठक फागुन २२ गते बस्ने

काठमाडौं
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।

बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले गर्नुभएको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो ।  एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।