२१ बैशाख, २०८१ शुक्रबार

10:49:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त

१८ फागुन, २०७८

ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षबढीको अनुभव रहेको छ ।

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त

काठमाडौं
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त हुनुभएको छ । नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गर्नुभएको छ । ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षबढीको अनुभव रहेको छ ।

ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव साथै सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको ८ वर्षको अनुभव रहेको छ ।  उहाँको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।

बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।