६ जेठ, २०८१ आइतबार

11:51:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधि सभा बैठक बस्दै, एमालेको विरोध जारी

Nepal Business

१८ फागुन, २०७८

एमालेले आफुले निलम्बित गरेका १४ जना सांसदको कार्वाही प्रक्रिया अगाडि नबढाएसम्म संसद सञ्चालन गर्न नदिने अडान राख्दै विरोध गर्दै आएको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, एमालेको विरोध जारी

काठमाडौ  । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । दशौं अधिवेशनको ९ औं बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७र७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

यसैबीच नेकपा एमालेले भने आफ्ना पूर्ववत मागहरु सम्बोधन नभएका कारण बुधबारको प्रतिनिधि सभा बैठकमा विरोध जारी राख्ने छ । एमालेले आफुले निलम्बित गरेका १४ जना सांसदको कार्वाही प्रक्रिया अगाडि नबढाएसम्म संसद सञ्चालन गर्न नदिने अडान राख्दै विरोध गर्दै आएको छ ।

एमालेको विरोधकाबीच यस अघिको बैठकमा एमसीसी पेश भएर पास समेत भईसकेको छ ।