६ जेठ, २०८१ आइतबार

02:09:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसीले माओवादीमा चर्कियो अन्तरविरोध : नारायणकाजी भेट्न हात्तिवन पुगे प्रचण्ड

Nepal Business

१७ फागुन, २०७८

एमसीसीले माओवादीमा चर्कियो अन्तरविरोध : नारायणकाजी भेट्न हात्तिवन पुगे प्रचण्ड

नेपाल विजनेश समाचारदाता, 
काठमाडौँ, 

एमसिसी अनुमोदनले नेकपा माओावदी केन्द्रमा चरम अन्तरविरोध चुलिएको छ । शुरुमा एमसिसीको विरोध गर्दै आएको माओवादी एकाएक व्याख्यात्मक टिप्पणि गरी एमसिसी पारित गर्न सहमत भएपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समुह त्यसको विरुद्धमा देखिएको हो ।

एकै दिनमा एमसिसीका सबै चरण पार गरी संसदले अनुमोदन गर्यो । त्यसपछि असन्तुष्ट रहेको श्रेष्ठ पक्षधरले पार्टी नै छाड्ने कुरा समेत बाहिर आएको छ ।

एमसिसी पास गर्नै दिनमा श्रेष्ठ पक्षधर गिरिराजमणि पोखरेलले अहिले यो विषय थाती राखी छलफलको वातावरण खुला राख्न माग गर्नुभएको थियो । तर एकै दिनमा एमसिसीका सबै चरण पार गरी संसदले अनुमोदन गर्यो । त्यसपछि असन्तुष्ट रहेको श्रेष्ठ पक्षधरले पार्टी नै छाड्ने कुरा समेत बाहिर आएको छ ।

पाटीमा विवाद बढेपछि नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड श्रेष्ठको निवास हात्तिवन पुग्नुभएको छ ।
एमसीसी सम्झौतालाई संसद्‌बाट पारित गर्ने पार्टी निर्णयप्रति श्रेष्ठको पनि असहमति छ । त्यसैले सोही विषमया छलफल गर्न अध्यक्ष प्रचण्ड उहाँको निवास पुग्नुभएको हो । 

प्रचण्डले सोमबार एमसीसी सम्बन्धमा भएको एक पत्रकार सम्मेलनमा पार्टी छाड्ने मन भए नरोक्ने संकेतसहितको अभिव्यक्ति समेत दिनुभएको थियो । त्यो अभिव्यक्ति श्रेष्ठप्रति लक्षित रहेको समाचार सार्वजनिक भइरहेको छ । यही फागुन १५ गते आइतबार एमसिसी पारित भएको थियो ।