१७ बैशाख, २०८१ सोमबार

11:59:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शैलुङमा साहित्यिक–साँस्कृतिक महोत्सवः आयोजना लागत १५ लाख

१७ फागुन, २०७८

दोलखा र रामेछाप दुवै जिल्लाको भू–भागमा शैलुङ फैलिएको छ । यस्तै महोत्सवको लागि जिल्ला समन्वय समिति दोलखा, रामेछाप र सिन्धुपाल्चोकको पनि सहयोग रहने अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

शैलुङमा साहित्यिक–साँस्कृतिक महोत्सवः आयोजना लागत १५ लाख

दोलखा

जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ डाँडामा साहित्यिक–सांस्कृतिक महोत्सव २०७८ आयोजना गरिने भएको छ । शैलुङडाँडाको प्रचारप्रसारका लागि शैलुङ गाउँपालिकाले आगामी शुक्रबार उक्त महोत्सव गर्न लागेको हो ।

शैलुङ गाउँपालिकाले दोलखाकै मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिका समेतको आर्थिक सहयोगमा उक्त महोत्सव गर्न लागेको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उक्त महोत्सव आयोजना गर्न करिब १५ लाख रूपैयाँ लाग्ने उहाँले बताउनु भयो ।

महोत्सवको लागि मेलुङ र दोरम्बा शैलुङले गाउँपालिकाले ३÷३ लाख रूपैयाँ सहयोग गरेका छन् । दोलखा र रामेछाप दुवै जिल्लाको भू–भागमा शैलुङ फैलिएको छ । यस्तै महोत्सवको लागि जिल्ला समन्वय समिति दोलखा, रामेछाप र सिन्धुपाल्चोकको पनि सहयोग रहने अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

गाउँपालिकाले महोत्सव तयारीको लागि २२ वटा उपसमिति समेत बनाएको छ । उक्त उपसमितिहरूले आवश्यक तयारी गरिरहेको अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

महोत्सवले शैलुङ गाउँपालिकाको विकाससँगै यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा शैलुङको प्रचार गराउने अध्यक्ष दुलालको भनाइ छ । गाउँपालिकाले महोत्सवलाई भव्यरूपमा सम्पन्न गर्न देशभरका चर्चित साहित्यकार, कलाकार तथा सर्जकहरूलाई बोलाएको छ ।

महोत्सवमा स्थानीय तह गठनपश्चात् शैलुङले गरेको विकासको बारेमा वृत्तचित्र तथा फोटोको दृश्यचित्र पनि सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ । महोत्सवको शुक्रबार ११ बजे पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।