८ मंसिर, २०८१ शनिबार
03:16:17 PM
२६ मंसिर, २०७८
बाजुरा, २६ मंसिर । दुई दिनदेखि बाजुुराको कोल्टी क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । कालजाग्रास्थित नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ परेपछि सेवा अवरुद्ध भएको हो ।
टेलिफोन सेवा अवरुद्ध हँुदा कोल्टीमा बैंकिङ गतिविधिलगायत अन्य सम्पूर्ण अवरोध भएको छ । फोन र नेट दुवै सेवा बन्द हँुदा सरकारी तथा गैरसरकारी संस्थाको कामकाज प्रभावित भएको छ । टेलिकम बाजुराका अनुसार काठमाडौँबाट सामान मगाउनुपर्ने भएकाले सञ्चालनमा ल्याउन ढिलाइ भएको जनाएको छ । डडेल्धुराबाट प्राविधिक टोली आइसकेको र सामान बाटोमा रहेकाले सोमबार साँझसम्म सेवा सञ्चालनमा आउन सक्ने जनाएको छ ।
सदरमुकाम मार्तडी क्षेत्रमा सञ्चालनमा रहेको इन्टरनेट सेवासमेत गुणस्तरीय नहुँदा दैनिक कामकाजमा समस्या हुने गरेको गुनासो बारम्बार आउने गरेको छ । दुई साताअघि मात्रै जिल्लास्थित सञ्चारकर्मीले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन माग गर्दै नेपाल टेलिकम शाखा बाजुरा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।