२१ माघ, २०८१ सोमबार
10:59:20 PM
१७ फागुन, २०७८
दमक
दमक नगरपालिकाले दमक बहुमुखी क्याम्पसद्वारा स्थापित अक्षयकोषमा रु १० लाख सहयोग उपलब्ध गराएको छ । सोमबार दमकमा आयोजित कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले दमक बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनमा सहयोग पुर्याउन सहयोग उपलव्ध गराएको बताउनुभयो ।
क्याम्पस सञ्चालनका लागि नियमित स्रोत जुटाउन छुट्टै अक्षयकोष निर्माण गरिएको क्याम्पस प्रमुख डा नेत्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।