२२ बैशाख, २०८१ शनिबार

12:40:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूचना प्रविधिमैत्री पाठ्यक्रमको आवश्यकता किन ? पूर्वमन्त्री खगराजको यस्तो छ तर्क

१६ फागुन, २०७८

गण्डकी प्रदेश, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखाका प्रमुख तोयनाथ लम्सालले शिक्षकलाई प्रविधिमैत्री बनाउँदै शिक्षा पद्धतिमा परिवर्तन हुनुपर्ने बताउनुभयो

सूचना प्रविधिमैत्री पाठ्यक्रमको आवश्यकता किन ? पूर्वमन्त्री खगराजको यस्तो छ तर्क

पोखरा, 

पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले विद्यालय तहबाटै सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने पाठ्यक्रम तयार गरिनुपर्ने बताउनुभएको छ ।  

कोभिड–१९ ले सूचना प्रविधिसँग शिक्षालाई रुपान्तरण हुन सिकाएको उल्लेख गर्दैै अधिकारीले सूचना प्रविधिका बारेमा अभिभावक सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

पोखरामा आयोजित मन्टेश्वरीदेखि कक्षा १२ सम्म सूचना प्रविधि, सीपको महत्व र शैक्षिक रुपान्तरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले समय सान्दर्भिक पाठ्यक्रमको खाँचो औँल्याउनुभयो ।

कोभिड–१९ ले सूचना प्रविधिसँग शिक्षालाई रुपान्तरण हुन सिकाएको उल्लेख गर्दैै अधिकारीले सूचना प्रविधिका बारेमा अभिभावक सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

गण्डकी प्रदेश, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखाका प्रमुख तोयनाथ लम्सालले शिक्षकलाई प्रविधिमैत्री बनाउँदै शिक्षा पद्धतिमा परिवर्तन हुनुपर्ने बताउनुभयो । प्रदेश शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिकाप्रसाद आचार्यले माध्यमिक विद्यालयमा मात्र केन्द्रित नभई तल्लो कक्षादेखी क्याम्पस तहसम्म नै परिवर्तनको खाँचो रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा संस्थागत एवं निजी विद्यालय सङ्गठन ९युनिप्स० नेपालका केन्द्रीय अध्यक्ष शान्तबहादुर गुरुङ, दक्षिण एसियाली देशहरुको ‘माइक्रोसफ्ट पार्टनर संकल्प वल्ड च्याप्पियनसीप’का निर्देशक शङ्करन चतुरलगायतले वर्तमान समयमा शिक्षा तथा शैक्षिक पद्धतीलाई रुपान्तरण गर्दै विद्यार्थीलाई अगाडि बढाउनुको विकल्प नरहेको धारणा राखेका थिए ।

संस्थाले मुलुकका आफ्ना कार्य सञ्चालन गरिरहेको छ । आगामी वर्ष ६५ भन्दा बढी जिल्लामा कार्यक्रम विस्तार गर्ने योजना रहेको संस्थाका कार्यकारी अधिकृत दिनेश लामिछानेले जानकारी दिनुभयो ।