१५ बैशाख, २०८१ शनिबार

06:12:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युक्रेनमा ४० नेपाली परिवारको स्थायी बसोबास, कसरी सुरक्षित रहन्छन् उनीहरु, धमाधम उद्धार हुँदै

१६ फागुन, २०७८

युक्रेनमा ४० नेपाली परिवारको स्थायी बसोबास, कसरी सुरक्षित रहन्छन् उनीहरु, धमाधम उद्धार हुँदै

लन्डन ।

युक्रेनमा ४० नेपाली परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् । रुस युक्रेन युद्ध शुरु भएपछि प्भावित बनेका उनीहरु अहिलेसम्म पर्ख र हेरको अबस्थामा रहेका जनाइएको छ । 

 प्राप्त विवरण अनुसार रुस युक्रेन युद्ध प्रभावित २४४ जना नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । 

युद्धबाट भएको असरका आधारमा केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न शहरमा अझै बसोबास गर्दै आउनु भएको र कतिपय अन्य मुलुक गइसकेका  गैरआवासीय नेपाली संघ युक्रेनले जनाएको छ।  प्राप्त विवरण अनुसार रुस युक्रेन युद्ध प्रभावित २४४ जना नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । 

प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छाडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरीमा ४, रोमानियामा १२ जना,  माल्डावामा २ जना पुगेका छन् ।  

अहिलेसम्म युक्रेन छाडेर कहाँ कति पुगे नेपाली ?

  • पोल्याण्डामा ६० जना,

  • स्लोभाकियामा १२ जान, 

  • हंगेरीमा ४, 

  • रोमानियामा १२ जना,

  •  माल्डावामा २ जना 

यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३० जना स्लोभाकियाको सीमा १२ रोमानियाको सीमामा १० र माल्डावाको सीमामा २ जना नेपाली दोस्रो मुलुक जान रोकिएका छन्। उनीहरु सोमवार साँझसम्म सिमा क्रस गर्न सक्ने अनुमान गरिएको छ ।

रुस युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष  जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षमा  बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

राजदुत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट)जारी गरेको जानकारी दिनुभयो ।

उच्चस्तरीय समितिका संयोजक तथा बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफै परिचालित हुनु भएको जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र  खुकुलो बनाएको कारणले नेपालीहरु बाहिर निस्कन सहज भएको बताउनु भयो ।  

स्वास्थ्य समितिका संयोजक डा बोधराज सुवेदीले सीमा क्षेत्रमा आफै पुगेर ११ जना नेपालीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराएको जानकारी दिनभयो ।  उहाँले सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज भएको बताउनुभयो । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको जनाकारी दिनुभयो ।  

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा  परेका ८ जना नेपालीहरुलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिनुभयो । स्लोभाकिया पुगेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा पुर्याउन सक्रिय रुपमा लागि परेको बताउनुभयो ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरु सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिनुभयो । उहाँले कयौ नेपालीहरु रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताउनु भयो । उहाँले एउटा देशमा शरणार्थीको लागि आवेदन दिएपछि  सो आवेदनको अन्तिम सुनवाई नभएसम्म अर्को देशमा जानु गैरकानुनी हुने जानकारी दिनुभयो ।  

उच्चस्तरीय समितिले  सीमा क्षेत्रमा  थप स्वयंसेवक परिचालन गर्ने,  नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ ।  

समितिले युद्धबाट विस्थापित नेपालीहरुको तथ्यांक समेत संकलन गर्ने तयारी गरेको छ ।